सर्वोच्चको फैसला कुर्ने कि अगाडी नै सरकारमा सामेल हुनेः बालुवाटारमा प्रधानमन्त्रीसँग ठाकुर र महतोको छलफल

सर्वोच्चको फैसला कुर्ने कि अगाडी नै सरकारमा सामेल हुनेः बालुवाटारमा प्रधानमन्त्रीसँग ठाकुर र महतोको छलफल

  • सोमवार, जेष्ठ १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 18.9K
    SHARES

जेठ १७ काठमाण्डौं । जेठ ७ गते विघटित प्रतिनिधि सभाको पुनस्थापना र बहुमत सांसदको हस्ताक्षर सहित देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग सहितको रिटमाथि सर्वोच्चमा बहस चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको ठाकुर समुहलाई मन्त्रीमण्डलमा समावेश गर्नेबारे छलफल अघि बढाएका छन् ।
आज पार्टी स्थायी समितिको बैठक सारेर ठाकुर र महतोसँग वालुवाटारमा प्रधानमन्त्रीले भेट गरेका छन् । अहिले छलफल गरीरहेको स्रोतले जनाएको छ ।
मन्त्री परिषद् विस्तार सर्वोच्चको फैसला अघि नै गर्ने कि पछि गर्ने भन्नेमा प्रधानमन्त्री छलफलमै रहेका छन् ।
यो समुहले प्रधानमन्त्री ओलीको पक्षमा लाग्दै ७ मन्त्री र दुई राज्यमन्त्री माग गरेको छ । यस विषयमा मन्त्रालय अलि घटाउन प्रधानमन्त्रीले प्रयास गरेको बुझिएको छ । जसपा भित्र उपेन्द्र यादव समुह सरकारको बिरुद्ध लागिरहेका बेला ठाकुर समुहले सरकारलाई साथ दिईरहेको छ ।
सर्वोच्चले संसद पुनस्थापना गर्ने हो कि भन्ने सन्देहका कारण प्रधानमन्त्रीले मन्त्रीपरिषद् विस्तार गरेका छैनन् ।
यता माओवादी छाडेर एमाले प्रवेश गरेको बादल समुहले पनि पाँच वटा मन्त्रालय मागिरहेको बुझिएको छ । तर एमाले भईसकेपछि अब दुई देखि अधिकतम तीन वटा मन्त्रालय बादल समुहलाई दिने मनशायमा प्रधानमन्त्री रहेका छन् ।
बादल समुहका ७ मन्त्रीको सर्वोच्चको आदेशका कारण जेठ ६ मा पद खोसिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ