भारले अग्रिम भुक्तानी लिएर पनि नेपाललाई खोप दिएन, दोस्रो डोज तत्काल लगाउन संभव नभएको सरकारले स्वीकार्यो !

भारले अग्रिम भुक्तानी लिएर पनि नेपाललाई खोप दिएन, दोस्रो डोज तत्काल लगाउन संभव नभएको सरकारले स्वीकार्यो !

  • सोमवार, जेष्ठ १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

गत फागुण २३ गतेदेखि कोभिशिल्ड खोप लगाएका लाखौँ नेपालीहरुले भारतले अग्रिम भुक्तानी लिएर समेत खोप नदिए पछि दोस्रो डोज तत्काल लगाउन नपाउने भएका छन् । भारतको शीरम ईन्स्टीच्युटसँग सरकारले २० लाख डोजका लागि अग्रिम भुक्तानी दिएको थियो । तर सिरमले खोप अझै पनि उपलव्ध गराउने संकेत देखाएको छैन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षिलाई पत्र नै लेखिसकेको अवस्थामा समेत खोप दिने अत्तो पत्तो देखिदैन ।
यसले गर्दा दोस्रो डोज खोप दिनु पर्ने डब्लुएचओले तोकेको मापदण्ड भित्र १३ लाख नेपालीले लगाउन नपाउने संभावना बढेको छ । ९ देखि १२ हप्ता भित्र यसको दोस्रो डोज लगाउनु पर्ने हुन्छ ।
परिवार कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले कोभिसिल्ड खोप तत्काल उपलब्ध हुने सम्भावना नरहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियान शुरु गर्दा तीन महिना भित्र सबै नेपालीलाई खोप लगाउने घोषणा गरेका थिए । तर अहिले सम्म खोपको दोस्रो डोज लगाउन नपाउने स्थितिले नागरिकमा चिन्ता बढेको छ ।
भारतलाई अग्रिम पैसा दिएको सरकारले चीन, रुस वा तेस्रो मुलुकलाई कुराकानी गरेपनि व्यवहारीक रुपमा खोप अनुदानमा खोज्दै गर्दा खोपको व्यवस्था गर्न सकेको छैन ।
यता छिमेकी मुलुक चीनले १८ लाख डोज खोप अनुदानमा दिएको छ । त्यस मध्य पहिलो खेपमा आएको ८ लाख डोज खोप लगाएकाहरुले भने समयमै दोस्रो खोप लाउन सक्ने संभावना छ । दोस्रो पटक चीनीया राष्ट्रपति सिले थप १० लाख डोज अनुदानमा दिने घोषणा गरीसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी