राष्ट्रपतिद्धारा कोरोना खोप खरीदमा सहजिकरण गरिदिन रुसी राष्ट्रपतिलाई पत्राचार

राष्ट्रपतिद्धारा कोरोना खोप खरीदमा सहजिकरण गरिदिन रुसी राष्ट्रपतिलाई पत्राचार

  • आइतवार, जेष्ठ १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

काठमाडौँ जेठ १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘खोप खरीदका लागि सहजिकरण गरिदिन भन्दै रुसी राष्ट्रपति भ्लादीमीर पुटिनलाई पत्र लेखेकी छन् । यस अघि उनले भारत, अमेरीकाका राष्ट्रपतिलाई पत्र लेखेकी थिईन् भने चीनीया राष्ट्रपतिसँग टेलिफोन संवाद भएको थियो ।
राष्ट्रपति कार्यालयले जेठ १४ गते परराष्ट्र मन्त्रालय हुँदै पुटिनलाई पत्राचार पठाएको छ । तर उक्त पत्र मस्कोस्थित नेपाली राजदूतावासले रुसको विदेश मन्त्रालयमा गएर हस्तान्तरण गरिसकेको छैन । उनले रुसले उत्पादन गरेको स्पुतनिक–५ खोप सहयोगको लागि अनुरोध गरेकी हुन् । उक्त खोपलाई नेपालको स्वास्थ्य सेवा विभागले पनि आपतकालीन प्रयोगको लागि मान्यता दिइसकेको छ ।
राष्ट्रपति भण्डारीसँगको संवादमा चीनीया राष्ट्रपतिले नेपाललाई थप दश लाख कोरोनाको खोप अनुदानमा दिने घोषणा गरेका थिए । सो खोप मध्य दुई लाख डोज आईपुग्ने तयारीमा छ भने आठ लाख डोज खोप लिन नेपाल आफै बेईजिङ जानु पर्नेछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ