जेठ १६ काठमाडौँ । पाँच राजनीतिक दल सम्मिलित विपक्षी गठबन्धनले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमका बिरुद्ध राजनीतिक प्रतिवाद पनि गर्ने निर्णय गरेका छन् ।
सर्वोच्चमा कानुनी लँडाई लडिरहेका उनीहरुले आज बैठक बसी राजनीतिक प्रतिवाद पनि गर्ने निर्णय गरेका हुन् ।
देउवाको बूढानीलकण्ठस्थित निवासमा भएको बैठक पछि पाँच दलका शीर्ष नेताले सँयुक्त वक्तव्य जारी गरेर यो जनाउ दिएका हुन् ।
काँग्रेस सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी दुर्गा पौडेलले सँयुक्त विज्ञप्ति जारी गरेका छन् ।
वैधता गुमाएको काम चलाउ सरकारले पूर्ण आकारको बजेट ल्याएको भन्दै त्यसको पनि गठबन्धनले बिरोध गरेका छन् ।
नेताहरूले आफनो असंवैधानिक कदमका विरुद्ध सडक प्रदर्शन हुने डरले प्रधानमन्त्री ओलीले निषेधाज्ञालाई कडा बनाएको निष्कर्ष निकालेका थिए ।
पाँच दलले संविधानको संरक्षण गर्दै न्याय दिलाउने कुरामा आशा व्यक्त गरेका छन् ।
सर्वोच्चमा पाँच विपक्षी गठबन्धनका तर्फबाट १४६ जना सांसदले शसरीर उपस्थित भएर हस्ताक्षर सहित सर्वोच्चमा संसद पुनस्थापना र देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको माग गर्दै मुद्धा दायर गरेका छन् । जसमाथि संवैधानिक ईजलाशमा सुनुवाई जारी छ ।
हेर्नुस् पाँच दलले जारी गरेको विज्ञप्ति :
