संसद विघटन विरुद्ध एक जुट भएका बिपक्षी दलहरु थप रणनीति तय गर्न आन्तरीक छलफलमा जुटेका छन् । देउवा निवास बुढानिलकण्ठमा बिपक्षी दलका नेताहरुबीच छलफल जारी छ
छलफलमा काँग्रेस सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र पूर्ण बहादुर खड्का रहेका छन् ।
त्यसै गरी माओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड, कृष्ण बहादुर महरा र देव गुरुगं रहेका छन् ।
एमाले माधव समुहबाट माधव कुमार नेपाल र भीम रावल रहेका छन् ।
त्यस्तै जसपाबाट बाबुराम भट्टराई र उपेन्द्र यादव रहेको स्रोतले जनाएको छ ।
जेठ ७ मा संसद विघटन गरेर सरकारले अध्यादेश मार्फत चुनावमुखी बजेट ल्याएपछि बिपक्षीहरुले थप रणनीति तय गर्न लागेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline