प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने

  • आइतवार, जेष्ठ १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

१६ जेष्ठ, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ ।

आजको सुनुवाइमा पनि कानुन व्यवसायीहरूले इजलासका न्यायाधीशमाथि प्रश्‍न उठाउने तयारी गरेका छन् । यसअघि शुक्रबार पनि इजलासका न्यायाधीशमाथि प्रश्‍न उठेको थियो ।

रिट निवेदकतर्फका कानुन व्यवसायी गोविन्द बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठ संवैधानिक इजलास बस्‍न नहुने राय दिएपछि शुक्रवारको सुनुवाइ प्रभावित बनेको थियो ।

न्यायाधीश श्रेष्ठको इजलासले तत्कालीन नेकपा दुई टुक्रा पारेको भन्दै फेरि उहाँ नै संवैधानिक इजलासमा बस्न नमिल्ने राय दिनुभएको थियो । आज पनि यो विषयले निरन्तरता पाउने बुझिएको छ ।

तर प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर राणाले भने हरेक न्यायाधिशमाथि प्रश्न उठाने हो भने सम्पूर्ण सुनुवाइ प्रभावित हुने भन्दै यसमा पुर्न विचार नहुने संकेत गरिसक्नु भएको छ । नेकपाको एकता टुक्र्याउने फैसला र प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाबिच कुनै साइनो नभएको एकथरी कानुन व्यावासयीहरुकै मत छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ