जेठ १५ काठमाण्डौं । नेपालमा पछिल्लो समय निरन्तर कोरोना संक्रमित घट्ने क्रम जारी छ । आज ४ हजार ४८७ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो हिजोको तुलनामा २ हजारले घटी हो । यो सँगै कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ ।
यसै गरी आज ६ हजार ८० जना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ४ लाख ३५ हजार ७५० पुगेको छ ।
यसै गरी कोरोना कारण आज ११६ जनाको मृत्यु भएको छ । यो सँगै कुल मृतकको संख्या ७ हजार १६३ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline