जसपा फुटको संघारमाः महन्त ठाकुरले २४ घण्टा भित्र स्पष्टीकरण नदिए निस्कासन गर्ने यादव पक्षको चेतावनी

जसपा फुटको संघारमाः महन्त ठाकुरले २४ घण्टा भित्र स्पष्टीकरण नदिए निस्कासन गर्ने यादव पक्षको चेतावनी

  • शनिबार, जेष्ठ १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

सरकार गठनमा कसलाई समर्थन गर्ने भन्ने विषयमा विभाजित बनेको जसपा अन्ततः विभाजनको संघारमा पुगेको छ । ठाकुर समुह र यादव समुहबीच सत्ता समीकरणको विवादलाई लिएर चुलिएको संघर्ष निर्णायक मोडमा पुगेको छ ।
एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने क्रममा आज अध्यक्ष उपेन्द्र यादवले ठाकुर सहित चार जनालाई स्पष्टीकरण पत्र नआएको भन्दै पुनः पत्र पठाएको छ ।

उपेन्द्र यादव पक्षले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई जेठ ११ गते स्पष्टीकरण माग्दै पत्र पठाएको थियो।
उनीहरुले स्पष्टीकरण नदिए पछि फेरी पत्र पठाईएको हो । यस्तो स्पष्टीकरण २४ घण्टा भित्र

ुजेठ ८ गतेको कार्यकारिणी समितिको बैठकको निर्णय नं ४ बमोजिम तपाईलाई कारबाही किन नगर्ने भनि स्पष्टीकरणको जवाफ प्राप्त हुन नआएकाले दोस्रो पटक पुनः यो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण लिइ आउन अनुरोध छ, पत्रमा भनिएको छ।
पत्र प्राप्त गरेको म्याद भित्र चित्तबुझ्दो सन्तोषजनक जवाफ प्राप्त नभएमा पार्टीबाट निष्काशनसमेत हुने चेतावनी दिइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ