दुखदः अक्सिजन अभावमा पोखरामा एक सुत्केरी सहित ८ जना बिरामीको गयो अकालमै ज्यान

दुखदः अक्सिजन अभावमा पोखरामा एक सुत्केरी सहित ८ जना बिरामीको गयो अकालमै ज्यान

  • शुक्रबार, जेष्ठ १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.2K
    SHARES

जेठ १४ पोखरा । अक्सिजनका लागि यति ठूलो सहयोग र लगानी भईरहे पनि त्यसैको अभावमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक सुत्केरी सहित ८ जनाको ज्यान गएको छ ।
अस्पतालका कोभिड फोकल पर्सन डा. शरद बरालले अनुसार भर्ना भएका कोरोना संक्रमितकोे मृत्यु भएको जानकारी दिए ।
हाईफ्लोमा अक्सिजन दिनु पर्ने अवस्थाका विरामी रहेको र उद्योगबाट अक्सिजन आउन आधा घण्टा ढिला हुँदा ती बिरामीको ज्यान गएको हो । उनीहरुलाई प्रति मिनट ६० देखि ८० लिटर अक्सिजन चाहिने थियो तर त्यो उपलव्ध नहुँदा ज्यान गएको हो ।

मृत्यु हुनेहरुमा तनहुँका ३, कास्कीका २, पर्वत, म्याग्दी र स्याङ्जाका १–१ जना रहेका छन् । मृत्यु हुनेमा एक जना डायलसिस गराइरहेका मिर्गौला रोगी, कलेजोसम्बन्धी रोग भएका एक जना र मधुमेहका एक जना रोगी थिए ।

यस अघि पनि अक्सिजन अभावमा विभिन्न अस्पतालमा संक्रमितको मृत्यु भएको थियो ।
सरकारले नागरिकको ज्यान बचाउन लागिपरेको भने पनि अझै पनि अक्सिजन पर्याप्त उपलव्ध गराउन नसकेको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी