प्रधानन्यायधीशको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक ईजलाश गठन, प्रतिनिधि सभा विघटन सम्बन्धि मुद्धाको सुनुवाई शुरु

प्रधानन्यायधीशको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक ईजलाश गठन, प्रतिनिधि सभा विघटन सम्बन्धि मुद्धाको सुनुवाई शुरु

  • शुक्रबार, जेष्ठ १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

जेठ १४ काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक ईजलाश गठन भएको छ ।

वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ ईजलाशका सदस्य छन् । कार्कीले सर्वोच्च अदालतभित्र विकृति विसंगति देखिएको भन्दै निरन्तर प्रश्न उठाउदै आएका छन् ।

त्यसपछिको रोलक्रममा रहेका मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडालाई इजलासमा नराखी डा. आनन्दमोहन भट्टराईलाई इजलासमा राखेका छन् । अनि भट्टराईपछिको रोलक्रममा रहेका अनिलकुमार सिंन्हा, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्ललाई पनि इजलासमा यस पटक राखिएको छैन ।
केसी यसअघि पनि प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइ गर्ने इजलासमा थिए ।
शुक्रबारको इजलासमा संवैधानिक इजलासमा जाने भनी सोझै दर्ता भएका निवेदनका साथै बिहीबार एकल इजलासको आदेशबाट फरवार्ड भएका १९ निवेदनहरु पनि एकसाथ पेस भएका छन् ।
ईजलाश गठन पछि संसद विघटन सम्बन्धि परेका रिटहरुमाथि सुनुवाई जारी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ