प्रतिनिधि सभा विघटन बिरुद्ध परेको सबै रिटमा आजदेखि संवैधानिक ईजलासमा सुनुवाई हुने

प्रतिनिधि सभा विघटन बिरुद्ध परेको सबै रिटमा आजदेखि संवैधानिक ईजलासमा सुनुवाई हुने

  • शुक्रबार, जेष्ठ १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

जेठ १४ काठमाण्डौं । प्रतिनिधि सभा विघटन बिरुद्ध परेका सबै रिटहरुमाथि आजबाट संवैधानिक ईजलाशमा सुनुवाई शुरु हुँदै छ । बिहिबार १९ वटा रिटको प्रारम्भिक सुनुवाई गर्दै प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले सबै रिटलाई संवैधानिक ईजलाशमा पठाउने निर्णय गरेका थिए ।
आज प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय खारेज गर्नु पर्ने, बहुमत सांसदले शसरीर उपस्थित भएर दिएको लिखित निवेदनका आधारमा काँग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्नु पर्ने लगायतका माग विपक्षी गठबन्धनले गरेको छ ।
त्यस्तै २८ मध्य चार वटा रिट भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः नियुक्ति गर्नु पर्ने बिषयमा केन्द्रीत रहेका छन् ।
जेठ ७ गते प्रधानमन्त्रीका लागि काँग्रेस सभापति शेर बहादुर देउवाको पक्षमा १४९ हस्ताक्षर सहित सांसदहरु गए पनि राष्ट्रपतिले दाबी नपुग्ने भन्दै पुनः संसद विघटन र मध्वावधि निर्वाचनको घोषणा गरेपछि विपक्षी अदालतको ढोकामा पुगेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी