धरान प्रहरी चौकीमा नकाबधारी हतियार बोकेको समुहको आक्रमण, असई सहित पाँच प्रहरी घाईते

धरान प्रहरी चौकीमा नकाबधारी हतियार बोकेको समुहको आक्रमण, असई सहित पाँच प्रहरी घाईते

  • बिहिबार, जेष्ठ १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

जेठ १३ धरान । धरानमा नकाब लगाएर मोटरसाईकलमा खुकुरी सहित घरेलु हतियार बोकेर आएको समुहले प्रहरी चौकीमा आक्रमण गरेको छ । साँझ करीब ७ बजे प्रहरी चौकीमा छिरेको समुहले जाहेरी दिन आएका युवालाई खोज्दै गर्दा धरान १५ बाझगराको चौकीका प्रहरीमाथि नै जाईलागेका थिए ।
सो समुहले खुकुरी प्रहार गर्दा प्रहरी चौकी ईन्चार्ज असई सुमन दाहालको हातमा गहिरो चोट लागेको छ भने अन्य चार प्रहरी पनि घाईते भएका छन् । घाईते प्रहरीको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
आफूलाई धम्की दिएको भन्दै उजुरी दिन आएका प्रशन्न लिम्बुलाई जोगाउन खोज्दा प्रहरीमाथि हमला भएको थियो ।
अहिले प्रहरीले व्यापक मात्रामा आक्रमणकारीको खोजी गरीरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ