राष्ट्रपति र प्रधानमन्त्रीले मान्छे मारेको भन्दा ठुलो अपराध देश र संविधानका लागि गरेः भीमार्जुन आचार्य

राष्ट्रपति र प्रधानमन्त्रीले मान्छे मारेको भन्दा ठुलो अपराध देश र संविधानका लागि गरेः भीमार्जुन आचार्य

  • बिहिबार, जेष्ठ १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

संविधानविद् भीमार्जुन आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीले देश र संविधानका लागि मान्छे मारेको भन्दा पनि ठूलो अपराध गरेको दाबी गरेका छन् । प्रतिनिधि सभाको विघटन त्यस्तो अपराध भएको उनको टिप्पणी छ ।
आज सभामुख अग्नी सापकोटाले आयोजना गरेको संविधानविद्हरुसँगको अन्तरक्रियामा आचार्यले जम्मै खेल, तिकडम, जालझेल राष्ट्रपति, प्रधानमन्त्री र मतियारले संविधान नमान्नका लागि कुल्चनका लागि गरेका थिए । त्यसलाई रोक्नका लागि संसद र प्रतिपक्षीले कुनै पनि कदम नचालिएको भन्दै गुनासो समेत गरे । आचार्यले सर्वोच्चले संसद पुनस्थापना गर्ने पनि दाबी गरे ।
यसै गरी वरिष्ठ अधिवक्ता शम्भु थापाले संसदलाई मार्ने अधिकार प्रधानमन्त्री र राष्ट्रपतिलाई नभएको बताए । किचेनमा प्रधानमन्त्री र राष्टपति बसेर उहाँहरुको अंक गणितले यो धाराबाट यो धारा जान्छ भनेर अंकगणितको आधारमा खेल खेल्नुभएको छ यो अति निर्लज्ज र लज्जास्पद छ । थापाले भने ।
त्यसै गरी वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले संविधान र सर्वोच्च अदालतको फैसला विपरीत संसद विघटन गरिएको भन्दै संसदको अधिवेशन बोलाउन सभामुखले राष्ट्रपतिलाई सिफारीस गर्नु पर्ने बताए ।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले सभामुख, राष्ट्रपति र प्रधानमन्त्री कुनै पार्टीको नभई तीन करोड नेपाली जनताको भएकाले संविधान अनुसार चल्नु पर्ने बताए ।
अर्का वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले यस अघि नै राष्ट्रपति बिरुद्ध महाअभियोग लगाएको भए अहिले संसद विघटन हुने थिएन भन्दै अझै सचेत नभए जोखिम आउन सक्ने चेतावनी दिए ।
संविधानविदहरुसँगको परामर्श पछि सभामुले आवस्यक परे आफूले संविधानले दिएको अधिकार प्रयोग गर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ