जेठ १३ काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमित भन्दा डिस्चार्ज हुने बढेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज ७२२६ संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै कुल डिस्चार्ज हुनेको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ ।
यसै गरी आज ६९३९ जना संक्रमित थपिएका छन् । २० हजार ९९२ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित भेटिएका हुन् ।
यो सँगै कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।
यसै गरी २४ घण्टामा कोरोनाबाट १०६ जनाको मृत्यु भएको छ । यो सँगै कुल मृतकको संख्या ६ हजार ९५१ पुगेको छ ।
अब सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline