जेठ १२ काठमाण्डौं । नेपालमा कोरोना महामारीले आक्रान्त रुप लिईरहेको छ । यस्तो बेला छिमेकी मुलुक भारतले पैसा अग्रिम रुपमा लिएर समेत खोप उपलव्ध नगराएको बेला छिमेकी मुलुक चीनका राष्ट्रपति सि जिन पिंगले नेपाललाई थप १० लाख डोज कोरोनाको खोप अनुदानमा उपलव्ध गराउने घोषणा गरेका छन् ।
आज नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोन गर्दै राष्ट्रपति सि ले उक्त घोषणा गरेको चीनीया राजदुत होउ यान्छीले सार्वजनिक गरेकी छन् ।
यस अघि नै चीनले नेपालका लागि ८ लाख डोज कोरोनाको खोप अनुदानमा दिएको थियो ।
अक्सिजन सिलिण्डर, भेन्टिलेटर सहित थुप्रै स्वास्थ्य सामाग्री चीनले अनुदानमा नेपाललाई सहयोग गरेको छ ।
आजै चीनीया कम्युनिष्ट पार्टीले भर्चुअल रुपमा आयोजना गरेको अन्तरक्रियामा नेपालका सबै राजनीतिक दलका नेताहरुले कोरोना महामारी नियन्त्रणमा चीनले पाएको सफलताको प्रशंसा गर्दै नेपाललाई सहयोग पुर्याउन अपील गरेका थिए ।
चीनको यो पछिल्लो घोषणाप्रति धन्यवाद दिनु उपयुक्त हुने देखिएको छ ।
स्वास्थ्य सामाग्रीको अत्यन्त जरुरी परेका बेला छिमेकीले देखाएको उक्त प्रतिवद्धतालाई प्रशंसा गरिएको छ ।