ओलीको निर्देशन विपरीत एमालेका सांसदद्धारा सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय

ओलीको निर्देशन विपरीत एमालेका सांसदद्धारा सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय

  • बुधबार, जेष्ठ १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

जेठ १२ धनगढी । एमाले स्थायी समितिको बैठकले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपनि प्रदेश संसदीय दलको बहुमत सदस्यहरुले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेका छन् । उनीहरुले पार्टीको निर्णयलाई चुनौती दिएका हुन् । धनगढीमा बसेको प्रदेश संसदीय दलको बैठकमा १८ जना सांसदले उक्त निर्णय गरेका हुन् । बैठकमा ओली समुहका केही सांसद अनुपस्थित रहेका थिए ।
बैठकले कोरोना महामारीसँग जुझ्न सरकारलाई सघाउने निर्णय पनि गरेको छ।

बुधबार बसेको बैठकमा २१ जना सासंद सहभागी थिए। सभामुखबाहेक अरु तीन जना सांसद बैठकमा उपस्थित थिएनन्।

धनगढीभन्दा बाहिर रहेकोले बैठकमा ओली पक्षका रतन थापा, गेल्बु सिह बोहरा र लीलाधर भट्ट सहभागी भएका थिएनन्। प्रदेश सभामा एमालेका २५ जना सांसद छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ