कोरोनाको आडमा सत्ता टिकाउन ओली लागिपरेको काँग्रेसको ठहर

कोरोनाको आडमा सत्ता टिकाउन ओली लागिपरेको काँग्रेसको ठहर

  • बुधबार, जेष्ठ १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

जेठ १२ काठमाण्डौं । नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नलागेर बरू जनतामा आतंक फैलाएर सत्ता टिकाउने खेलमा लागेको ठहर गरेको छ ।
दुई दिनमा साताका लागि खाद्यान्न लगायत सामग्री किन्न भन्नेजस्ता जनतामा आतंक फैलाउने काम सरकारले गरेको कांग्रेसको निष्कर्ष छ ।
सरकारले पिसिआर परीक्षण नगर्ने, संक्रमितको उपचार नगर्ने तर जनतामा आतंक फैलाउने काम गरिरहेको भन्दै कांग्रेस बैठकले निन्दासमेत गरेको नेता प्रकाशशरण महतले बताए ।

सभापति देउवाले केही दिनअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै १५ बुँदे ध्यानाकर्षण पत्र बुझाए पनि त्यसअनुसार सरकार अगाडि नबढेको उनले बताए।

‘संक्रमितलाई उपचार गर्नेभन्दा पनि कोरोनाको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थसिद्धी गर्ने कोसिस सरकारबाट भइरहेको छ यसमा हामीले भर्त्सना गरेका छौं,’ उनले भने।

कांग्रेसले जनताका आवश्यकता र पीरमर्का बुझ्न पनि सरकारलाई आग्रह गरेको छ। महतले कोरोना महामारी भएकोले पार्टी र जनता सडकमा नउत्रेको पनि बताए ।

कोरोनाको आडमा आफ्नो सत्ता बचाउने खेलमा प्रधानमन्त्री लागेको पनि कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ