नारायणी अस्पताल वीरगंजमा नयाँ मेसु आएपछि अस्पतालको सेवा प्रभावकारी बनाउनका लागि चिकित्सकहरुको जिम्मेवारी हेरफेर गरेपछि केही चिकित्सकहरुले गुटगत राजनिति गर्न थालेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मेसु डा. संजय ठाकुरको सरुवा भएपछि निमित मेडिकल सुपरिटेन्डेन्ट९मेसु० को जिम्मेवारी पाएका डा। बिरेन्द्र प्रधानले चिकित्सकहरुको जिम्मेवारी हेरफेर गरेपछि राजनिति हुन थालेको हो ।
दोस्रो चरणको कोरोना महामारीको समयमा अस्पतालको मेसु डा। ठाकुरले कोरोना नियन्त्रण र रोकथामको लागि प्रभावकारी काम गर्न नसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उनको सरुवा गरि निमिति मेसुको जिम्मेवारी डा। प्रधानलाई दिएको थियो ।
पछिल्लो पटक कोर्डिनेटर र निमित्त मेसुको कार्यभार सम्भालेका र हाल जिम्मेवारी खोसिएका डा। इनामुल हक अख्तियारमा मुद्दा खेपि रहेका चिकित्सक हुन् । उनीमाथी अख्तियारमा मुद्दा बिचाराधिन छ ।
उनले चिकित्सकमाथी हातपात गरेका कारण तत्कालीन प्रजिअ आस्मान तामाङले लिखित मफिनामा गराउँदै एक पल्टको लागि माफी समेत गरेका थिए । निज मेसु हुँदा अस्पतालमा हिनामिना गर्ने केहि कर्मचारीहरु पुनः सक्रिय हुँदै अस्पतालमा अनावश्यक राजनीति गर्ने गरेका कारण अस्पतालका कर्मचारी तथा चिकित्सक चिन्ता जनाएका छन् । सो कर्मचारीहरु मध्ये केहीले राजनिती दलको आडमा काम गरेको स्थानिय राजनीतिक दलका नेताहरुले बताएका छन् ।
नयाँ मेसुको जिम्मेवारी पाएका डा। प्रधानले अस्पतालको व्यवस्थापन सुधार गर्न र कोरोना संक्रमितको उपचारलाई व्यस्थित गर्न विभिन्न चिकित्सकहरुको जिम्मेवारी हेरफेर गरेको बताए । सोही क्रमममा मेसु डा। प्रधानले कोभिड संयोजक डा। सरोज रोशन दासको जिम्मेवारी डा। उदयनारायण सिंहलाई दिएका छन् । डा। दासलाई कोभिड फोकल फर्सनको जिम्मेवारी दिइएको छ ।
बिरामीहरुले उपचारमा लापरवाहि भएको भन्दै डा। दासलाई बारम्बार आग्रह गर्दा पनि कुनै वास्ता नगरेको आरोप समेत लाग्दै आएको छ । कुनै नयाँ संक्रमित अस्पालमा आए पछि बेडको लागि भन्दा “पख्नुस, कोही व्यक्तिको मृत्यु भएमा तपाईलाई बेड मिलाई दिन्छु” भन्दै गैर जिम्मेवारी जवाफ पनि दिदै आएको बिरामीका आफन्तहरुले गुनासो गरेका छन् ।
मेसु डा। प्रधानले अस्पताललाई व्यवस्थित गर्न चिकित्सकहरुको जिम्मेवारी हेरफेर गरेपछि असन्तुष्ट केही अस्पतालका चिकित्सक र कर्मचारीहरुले गुटगत राजनिति गर्न थालेका छन् । अहिले महामारी र संकटको समयमा जुन सुकै जिम्मेवारीमा भएपनि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग गर्नु पर्नेमा उनीहरुले सेनियर र जुनियर चिकित्सको बहाना बनाउँदै गुटगत राजनिति गर्न थालेका हुन् ।
हाल कोभिड संयोजकको जिम्मेवारी पाएका डा। सिंह संग ९ बर्षको अनुभव छ । उनी नारायणी अस्पतालका ८ औं तहका स्थायी चिकित्सक हुन् । उनी गत बर्षको कोरोना महामारीको समयमा नारायणी अस्पतालको कोभिड संयोजक भएर प्रभावकारी काम गरेका थिए । त्यहि भएर उनलाई पुनः जिम्मेवारी दिईएको छ । उनी कोरोना रोकथाम तथा नियन्त्रणमा राम्रो भुमिका निर्वाह गरे वापत प्रधान सेनापती र मुख्यमन्त्रीबाट पुरस्कृत भएको चितिक्सक हुन् ।
तर जिम्मेवारी खोसिएका डा। दास नारायणी अस्पतालका अस्थायी ९दुई बर्षे करार० चिकित्सक हुन् । उनीसंग ६ महिनाको मात्र अनुभव रहेको छ । उनले नारायणी अस्पतालको कोभिड संयोजकको जिम्मेवारीमा रहेको बेला कोरोना रोकथाम तथा नियन्त्रणमा खासै प्रभावकारी काम देखिएको थिएन । नयाँ मेसुको जिम्मेवारी डा। प्रधान पाएपछि बिस्तारै सुधार हुँदै गएको चर्चा पर्सा जिल्लामा बढदै गएको छ ।
वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले मेसुले आफ्नो अनुकुल जिम्मेवारी हेरफेर गर्नुलाई सकरात्मक रुपमा लिनु पर्ने वताउँछन् । जुन सुकै अस्पताल वा कार्यालय प्रमुखले राम्रो सेवा दिनका लागि आफु अनकुल जिम्मेवारी हेरफेर गर्न सक्ने उनले वताए ।
मेयर सरावगीले गत बर्षको कोरोना कालमा राम्रो र प्रभावकारी भुमिका निर्वाह गरेका डा। सिंहले फेरी कोभिड संयोजकको जिम्मेवारी पाउनुलाई सकरात्म रुपमा लिनु पर्ने प्रतिक्रिया दिए ।
यस्तै नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले चिकित्सको जिम्मेवारी हेरफेर समान्य बात भएको वताए । उनले जिम्मेवारी जो कोहीले पाए पनि अहिलेको समयमा काम महत्वपूर्ण भएको वताए । सचिव पटेलले कोभिड संयोजकको जिम्मेवारी पाएका डा। सिंहले गत बर्षको कोरोनाकालमा गरेको कामको प्रशंसा गर्दै अहिलेको भ्यावह अवस्थामा पुुनः जिम्मेवारी पाउन महत्वपूर्ण भएको प्रतिक्रिया दिए ।