उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा थपियोः खाद्यान्‍न पसल पनि बन्द, सवारी पास खारेज

उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा थपियोः खाद्यान्‍न पसल पनि बन्द, सवारी पास खारेज

  • मङ्लबार, जेष्ठ ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

जेष्ठ ११, काठमाडौँ । उपत्यकामा निषेधाज्ञाको अवधि एक साता लम्ब्याएको छ । तीनवटै जिल्ला प्रशासन कार्यालयको आज बसेको संयुक्त बैठकले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउँदै यो अवधिमा खाद्यान्‍न पसल पनि बन्द गर्ने निर्णय गरेको छ ।
हरियो सागसब्जीको हकमा भने बिहान ९ बजेसम्म पसल खोल्न पाइने निर्णय भएको छ । विकास निर्माणसँग सम्बन्धित सबै सवारी साधनलाई सञ्‍चालनमा पनि रोक लगाइएको छ । यसअघि जारी गरिएका सवारी पास खारेज गरिएको छ ।

मृत्यु संस्कार, विवाह लगायतका सवारी साधनलाई भने तोकिएका मापदण्डभित्र रहेर अनुमति दिइने तर एउटा सवारी साधनमात्रै अनुमति दिइने र त्यसमा अधिकतम ७ जनालाई मात्र यात्र अनुमति दिइने छ ।

निषेधाज्ञा उल्लंघन गरेको पाइए उल्लंघन गर्नेलाई कैद र जरिवानासमेत गर्ने गरी आदेश जारी गरिएको छ । आदेशका प्रावधान पछिल्लो पटक जारी गरिएको कोभिडसम्बन्धी अध्यादेशअनुरुप हुने ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

https://www.mirmireonline.com/wp-content/uploads/2021/05/New-aadesh-nisedagya.pdf

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ