संसद विघटन बिरुद्ध परेको रिटको सुनुवाई जेठ १३ र १४ गते

संसद विघटन बिरुद्ध परेको रिटको सुनुवाई जेठ १३ र १४ गते

  • मङ्लबार, जेष्ठ ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

जेठ ११ काठमाण्डौं । संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा दर्ता भएका ३० वटा रिटको सुनुवाईका लागि पेशी तोकिएको छ । तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग राखिएको थियो ।
अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते बिहीबारका लागि तोकिएको छ भने संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि तोकिएको छ ।
जेठ ७ मा बहु्मत सांसदको हस्ताक्षर बुझाउदा बुझाउदै पनि राष्ट्रपतिले दाबी नपुग्ने भन्दै सरकारको सिफारीसमा संसद भंग गरी निर्वाचनको घोषणा गरे पछि बिपक्षी दलका सांसदहरु, कानुन व्यवशायी लगायतकाले अलग अलग रिट दर्ता गरेका छन् ।
विपक्षी दलहरुका १४६ सांसदले अदालतमा शशरीर उपस्थित भएर रिट दिए पछि सर्वोच्चमाथि दबाब बढ्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ