१४६ सांसदले हालेको रिटमा सर्वोच्चले आज पेशी नै तोकेन

१४६ सांसदले हालेको रिटमा सर्वोच्चले आज पेशी नै तोकेन

  • मङ्लबार, जेष्ठ ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौं, जेठ ११ । संसद विघटन खारेज गर्नु पर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा १४६ सांसदले हालेको रिटमा आज सर्वोच्चले पेशी तोकेन ।

देउवा, पुष्पकमल दाहाल, माधव, नेपाल, उपेन्द्र यादवसहित विघटित प्रतिनिधिसभाका १४६ सदस्यले परमादेश लगायतका आदेश माग्दै दायर गरेको रिट मंगलबार पेशीमै नचढेको हो ।

सर्वोच्च अदालतले सार्वजनिक गरेको दैनिक पेशी सूचीमा मंगलबारका लागि दुई वटा मात्र इजलाश तोकिएका छन् ।

दुबै इजलाशमा प्रतिनिधिसभा विघटन अवैधानिक भएको र संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्तिसँग सम्बन्धित दायर २८ वटा रिटको पेशी उल्लेख छैन ।

दुई इजलाशमा न्यायाधीश दीपक कार्की र सपना प्रधान मल्लको इजलाशमा बन्दी प्रत्यक्षीकरण लगायतका चार तथा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशमा एउटा मुद्दा छ ।

सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेका नेपाल तथा जसपाको यादव पक्षका १४६ सांसदले प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै धारा ७६ को उपधारा ५ बमोजिम नयाँ प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न माग गर्दै रिट निवेदन पेश गरेका थिए ।
ती मुद्धाहरु संवैधानिक ईजलाश खडा गरेर शुक्रबार देखि बहस हुन सक्ने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ