जेठ ११ काठमाण्डौं । गोली प्रहारबाट घाइते भएका नेकपा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला सदस्य दिपक पाण्डेयको सोमबार राति गएराति उपचारको क्रममा निधन भएको छ । गत जेठ ५ गते राति कपिलवस्तु नगरपालिका वडा नं. ६ रामनगरमा ३ जनाको समूहले उनीमाथि गोली प्रहार गरेको थियो ।
घाइते पाण्डेयलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पु¥याइएको भए पनि गत राति घाइते पाण्डेयको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो ।
घटनामा संलग्न रहेका ३ जनामध्ये २ जना पक्राउ परेका छन्। प्रकाउ पर्नेहरुमा कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ वर्षीय ओम प्रकाश यादव र कपिलवस्तु नगरपालिका वडा नं. २ का ३३ वर्षीय शाकिर अली पखिया पक्राउ परेका प्रहरीले जनाएको छ। फरार एक जनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। ओमप्रकाश जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सभा सदस्य सहसराम यादवका स्वकीय सचिव हुन्।