सोमबार सर्वोच्च अदालतमा कोरोना माहामारी भन्दा राजनीतिक चूनौती ठूलो ठानेर बिपक्षी पाँच दलका शीर्ष नेता सहित १४६ जना सांसद पक्तिवद्ध भएर रिट दायर गरे । उनीहरुले संसद विघटन खारेज हुनु पर्ने , बहुमत सांसदले हस्ताक्षर गरेको हुनाले संविधानको धारा ७६(५) अनुसार काँग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि परमादेश गर्नु पर्ने जस्ता माग राखेर रिट दायर गरेका हुन् ।
त्यसले निकै ठुलो तरंग पैदा गर्दै प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध जनआक्रोस बढीरहेका बेला अब सर्वोच्चले के फैसला गर्ला भन्ने अनुमान लगाउने क्रम चलिरहेकै छ ।
सोही दिन मध्यराति प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा प्रधानमन्त्री निवास वालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेको खबर सार्वजनिक भएको छ ।
प्रधानमन्त्री बिरुद्ध मुद्धा परेकै दिन प्रधानमन्त्री र प्रधानन्यायधीशको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीले पठाएको गाडी चढेर प्रधानन्यायधीश तीन नं गेट हुँदै छिरेको र सोही गेटबाट ११ बजे बाहिरिएका थिए ।
यसैबीच पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले यो भेटप्रति टिप्पणी गर्दै लोकतन्त्रका लागि शुभसंकेत नभएको र खिलराज रेग्मीको जस्तो घटना नजिर बन्न नसक्ने बताएका छन् ।