जेठ १० काठमाण्डौं । जेठ ७ गते मध्यरातमा काँग्रेस सभापति शेर बहादुर देउवाको पक्षमा बहुमत सांसदले हस्ताक्षर गरे पनि दाबी नपुग्ने भन्दै संसद भंग गरेर चुनावको घोषणा राष्ट्रपतिले गरेपछि बिपक्षी गठबन्धन अब अदालतको ढोकामा पुगेको छ ।
बढ्दो महामारीका कारण सडक आन्दोलन गर्न कठिन देखिएपछि दलहरु अदालत पुगेका हुन् ।
आज काँग्रेस, माओवादी केन्द्र, एमाले माधव समुह, जसपाको यादव समुह र जनमोर्चाका १४६ सांसद हस्ताक्षर, नागरिकताको फोटोकपि सहित शसरीर उपस्थित भएका छन् ।
शीर्षस्थ नेता सहित पुगेका सांसदहरुको रिटमा संसद विघटन गर्ने मन्त्रीपरिषद्को निर्णय खारेज हुनु पर्ने, संसद अधिवेशनको मिति तोक्नु पर्ने र संविधानको धारा ७६(५) अनुसार काँग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु पर्ने माग गरिएको छ ।
यो रिटमा एमाले माधव समुहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।