प्रतिनिधि सभा विघटन बिरुद्ध रिट दायरका लागि विपक्षी दलका नेता र सांसद पुगे सर्वोच्च अदालत

प्रतिनिधि सभा विघटन बिरुद्ध रिट दायरका लागि विपक्षी दलका नेता र सांसद पुगे सर्वोच्च अदालत

  • सोमवार, जेष्ठ १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

प्रतिनिधिसभा विघटन बिरुद्ध विपक्षी गठबन्धन रिट, निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन् । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव सहितका नेताहरु सर्वोच्च अदालत गएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका सबै सांसद अदालतमा उपस्थित छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेको हुनाले विपक्षीले संसदले पुनस्र्थापना गर्नुका साथै बहुमत सांसदले हस्ताक्षर गरेका कारण देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि परमादेश गर्न माग समेत गरेका छन् ।
देउवाको पक्षमा १४९ सांसदको हस्ताक्षर सहित दलका नेताहरु राष्ट्रपति निवासमा पुगेर बुझाए पनि मध्यरातमा राष्ट्रपतिले संसद नै भंग गरेर चुनावको घोषणा गरे पछि विपक्षी दल सडक र अदालतमा पुगेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ