जेठ १० काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १४९ सांसदको हस्ताक्षर सहित प्रधानमन्त्रीमा दाबी गर्दा समेत राष्ट्रपतिले नियुक्ति गर्नुको साटो संसद नै भंग गरेर चुनाव घोषणा गरेपछि आक्रोसित विपक्षी गठबन्धनले सर्वोच्च अदालतबाट सिधै परमादेश गराएर प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न माग गर्दैछन् ।
आज रिट दायर गर्ने तयारीमा रहेका बिपक्षी गठबन्धनमा माधव नेपाल समुहका सांसदको हस्ताक्षर धमाधम सिंहदरबारमा चलिरहेकाले केही ढिला भएको हो ।
संभवत हस्ताक्षर, नागरिकताको फोटोकपि सहित सांसदहरु सर्वोच्च जाने गरी जुटेका छन् ।
माधव समुहका अहिले सम्म २४ जना सांसदले हस्ताक्षर गरीसकेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline