जेठ १० काठमाण्डौं । संविधान मिच्दै पुनः प्रतिनिधि सभा विघटन गरिएपछि त्यसको बिरोधमा रहेका एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल सहितले एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् ।
आज सम्मको अल्टिमेटम दिएर स्पष्टीकरण सोधिए पनि माधव नेपाल, झलनाथ खनाल, भीम रावल सहितका नेताले स्पष्टीकरण नबुझाउने निष्कर्ष निकालेका छन् ।
संविधान पनि मिच्ने, निरकुश र स्वेच्छाचारी पनि हुने र नेताहरुलाई उल्टै स्पष्टीकरण सोध्ने भनी आक्रोसित भएका नेताहरुले अब संभावित सबै चुनौतीको सामना गर्ने गरी अगाडी बढ्ने तयारी गरेको बताईएको छ ।
यसैबीच, एमाले अध्यक्ष ओलीले आजै ४ बजे पार्टी स्थायी समितिको बैठक बोलाएका छन् । बैठकमा नेतारुले स्पष्टीकरण नबुझाए पछि ११ जनालाई के गर्ने भन्ने विषयमा निर्णय गर्ने बताईएको छ । स्पष्टीकरण नदिने माधव नेपाल झलनाथ खनाल सहितका नेतालाई कार्बाही गर्ने मुडमा अध्यक्ष ओली रहेको बताईएको छ ।
यसै गरी सुदुरपश्चिम प्रदेश सरकार ढाल्न समेत थप निर्णय एमालेले गर्न सक्ने बताईएको छ ।