बिपक्षी गठबन्धन राष्ट्रपतिको कदमको बिरोध गर्दै सर्वोच्च अदालत जाने

बिपक्षी गठबन्धन राष्ट्रपतिको कदमको बिरोध गर्दै सर्वोच्च अदालत जाने

  • सोमवार, जेष्ठ १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं, जेठ ९ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले आज सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् ।

रिट दायरका लागि विपक्षी दलहरुले बहुमत सांसदहरुको हस्ताक्षर संकलन गरिसकेको जनाएका छन् ।

गठबन्धनले राष्ट्रपति समक्ष पेश गरेको बहुमत सांसदको हस्ताक्षरको आधारमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै रिट दायर गर्ने तयारी गरेका हुन् ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम पेश गरिएको बहुमत सांसदको हस्ताक्षरलाई बैधता दिएर अदालतबाट देउवालाई प्रधानमन्त्री घोषणा गरी सपथ ग्रहणको बाटो खुल्ला गर्नुपर्ने माग गर्दै रिट दायर गर्ने विपक्षी गठबन्धनले तयारी गरेका छन् ।

संविधानको उक्त धारा बमोजिम विपक्षी गठबन्धनका तर्फबाट बहुमत सांसदसहित प्रधानमन्त्रीमा दावी पेश गरेपनि राष्ट्रपति भण्डारीले अस्वीकार गर्नुभएको थियो ।

यस्तै, सरकार गठनको विकल्प हुँदाहुँदै संसद विघटन गरेको भन्दै उक्त कदम खारेज गर्ने माग पनि विपक्षीले गर्दैछन् ।

रिट दायरको लागि विपक्षी गठबन्धनले आईतबार सांसदहरुको हस्ताक्षर गरेका थिए ।

यसअघि शनिवार गठबन्धनले बहुमत सांसदको हस्ताक्षर संसद विघटन गर्ने गैरसंवैधानिक कदमबिरुद्ध कानुनी लडाई लड्ने निर्णय गरेको थियो ।

यसैबीच, संसद विघटन गर्ने राष्ट्रपतिको कदमबिरुद्ध विभिन्न कानुन व्यवसायीको तर्फबाट आईतबार मध्यान्हसम्म २ दर्जन रिट निवेदन पेश भएका छन् ।

कानुनव्यवसायीहरुले संसद विघटन सम्बन्धि मुद्धाको अन्तिम निर्णय नभएसम्म संवैधानिक इजलास सञ्चालन सम्बन्धि नियमावली बमोजिम नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले कार्यकारी हैसियतमा गर्ने कार्यहरु नगर्न अन्तरिम आदेश समेत माग गरेका छन् ।

यसअघि गत पुष ५ गते गरिएको संसद विघटनबिरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ