देउवाले प्रधानमन्त्रीका लागि बुझाएको सांसदको हस्ताक्षर किर्ते थियो : प्रधानमन्त्री

देउवाले प्रधानमन्त्रीका लागि बुझाएको सांसदको हस्ताक्षर किर्ते थियो : प्रधानमन्त्री

  • आइतवार, जेष्ठ ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

जेठ ९ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि काँग्रेस सभापति शेर बहादुर देउवाले बुझाएको सांसदको हस्ताक्षर किर्ते भएको दाबी गरेका छन् ।
आज दिँउसो बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले त्यस्तो दाबी गरेका हुन् ।
उनले नेपाली कांग्रेस माओवादी अध्यक्ष प्रचण्डको पथमा लागेको पनि जिकिर गरे ।
उनले कांग्रेस नेता पुष्पा भुषालले प्रधानमन्त्री ओलीले गराउने चुनावमा आफूहरू सहभागी नहुने भन्दै दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए।
कतिपय काँग्रेस नेताले ओलीले गराउने निर्वाचनमा सहभागी नहुने भनी दिएको अभिव्यक्तिको विरोध गर्दै आफूले चुनाव गराउने भए त जनताबाट मत ल्याएर आउनु पर्थ्यो नि,’ भन्दै टिप्पणी गरे ।

‘अरू पार्टी फुटाएर बागी विद्रोही सिर्जना गरेर एउटा होइन, केही तत्वलाई उकासेर कोहीका किर्ते सही गराएर उहाँ जानुभयो,’ ओलीले भने अरुको पार्टीमा विग्रह ल्याएर लोकतन्त्र बलियो हुन्छ त ?
ओलीले केही पनि काम नगरेको भनेर टिप्पणी गर्ने बुद्धीजीवीहरुप्रति पनि प्रधानमन्त्रीले गुनासो गरे ।

ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार रहेको संवैधानिक धारा प्रयोगमा कतै उजुरी नलाग्ने दाबी गरेका छन् । उनले संविधानको धारा ७६ को उपधारा ५ लाई राष्ट्रपतिले स्वविवेकको रुपमा प्रयोग गर्न सक्ने संवैधानिक व्यवस्था रहेको दावी गरे ।

आइतबार पत्रकार सम्मेलनमा उनले संविधानको संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गतको सरकार बन्न समय दिएर, दावी परेर, दावी सदर हुन नसक्ने अवस्था देखेर राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्दै फिर्ता गरेको प्रस्ट पारे ।

उपधारा ५ अन्तर्गत सरकार बन्न सक्ने अवस्था नरहेपछि प्रतिनिधिसभा विघटनबाहेक अर्को कुनै संवैधानिक व्यवस्था नरहेको उनले दावी गरे । उनले भने, ‘राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने योमात्र एउटा ठाउँ हो । त्यसविरुद्ध कहीँ उजुरी लाग्ने वा हेरफेर गर्ने ठाउँ हुँदैन ।’

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ