जेठ ९ काठमाण्डौं । राष्ट्रिय सभामा एमाले खनाल नेपाल समुहबाट निर्वाचित भएका डा. खिमलाल देवकोटाले निर्वाचन अघि आफूलाई उम्मेद्धारी फिर्ता लिन धाक धम्की आएको खुलासा गरेका छन् । आज सामाजिक सञ्जालमा पोष्ट गर्दै देवकोटाले आफूलाई चुनावबाट पछि हट्न धेरैजनाले फकाउने थर्काउने काम गरेको बताएका छन्।
व्यक्तिगत रुपमा मलाइलाई चुनावबाट पछि हुन धेरै जनाले फकाए थर्काए, सामाजिक सञ्जालमार्फत् उनले भने, समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौला। कसै कसैको त भ्वाइस रेकर्डनै राखेको छु।
उनले आफूलाई पछि हट्न फकाएपनि आफू अडिग रहेर विचलित नभएको बताए। उनले अगाडी लेखेका छन्, म बिचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको ईज्जत प्रतिष्ठा जाने थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline