राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संसद विघटन भएको भन्दै संघर्ष र कानुनी उपचार खोज्ने माओवादीको घोषणा ( विज्ञप्ति सहित )

राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संसद विघटन भएको भन्दै संघर्ष र कानुनी उपचार खोज्ने माओवादीको घोषणा ( विज्ञप्ति सहित )

  • शनिबार, जेष्ठ ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

जेठ ८ काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी, राजनीतिक उपचार घोषणा गरेको छ ।

शनिबार पार्टी हेडक्वाटर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भएको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध संघर्ष गर्दै कानुनी उपचार खोज्ने निर्णय गरेको हो।

बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ति सार्वजनिक गर्दै हाम्रो पार्टी राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भइरहेको यस प्रकारको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी एवम् राष्ट्रघाती कदमविरुद्ध कानुनी र राजनीतिक सबै प्रकारको संघर्ष गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

प्रचण्डले राष्ट्रियता र सार्वभौमसत्ता पक्षधर सबै दल र बुद्धिजीविलाई संघर्ष गर्न अपील समेत गरेका छन्।

‘माओवादी केन्द्र राष्ट्रिय सार्वभौमिकता एवम् स्वाधीनता, संविधान र लोकतन्त्र पक्षधर सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, कानुनविद्, मानवअधिकारवादी, पेशाकर्मीलगायत आम जनसमुदायलाई एकतावद्ध भएर राष्ट्रिय स्वाधिनता, संविधान, लोकतन्त्र र अग्रगमनको पक्षमा उभिन र संघर्ष गर्न हार्दिक अपील गर्दछ’, प्रचण्डले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।

माओवादीले राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध कानुनी लडाइँसँगै कोभिड महामारीबाट नागरिकको जीवन रक्षा गर्न एकीकृत अभियान चलाउने निर्णयसमेत गरेको छ।

सबै तहमा कोभिड सेवा इकाई गठन गर्ने स्वयम्सेवका परिचालन गर्ने निर्णयसमेत माओवादीले गरेको छ।

May be an image of 1 person

No photo description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ