देउवाले राष्ट्रपतिलाई तिमी भनेको भन्दै प्रधानमन्त्री ओलीको आपत्ति

देउवाले राष्ट्रपतिलाई तिमी भनेको भन्दै प्रधानमन्त्री ओलीको आपत्ति

  • शनिबार, जेष्ठ ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

जेठ ८ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै आपत्ति जनाएका छन् ।

बालुवाटारमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नरहेको गुनासो गरे ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि उक्त कदमको विरोध गर्दै सभापति देउवाले शनिबार विज्ञप्ति जारी गरेका थिए । विज्ञप्तिमा देउवाले राष्ट्रपतिलाई तिमी भन्ने भाषा प्रयोग गरेका छन् ।

राष्ट्रपतिमाथि त्यस्तो भाषा बोलिएको भन्दै ओलीले देशलाई अराजकतातिर लान खोजिरहेको आरोप लगाए ।

‘

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ