ओली–विद्याले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच रचे, चुनाव गराउने नियत हैनः भट्टराई

ओली–विद्याले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच रचे, चुनाव गराउने नियत हैनः भट्टराई

  • शनिबार, जेष्ठ ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

८ जेष्ठ, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले मध्यावधि चुनाव गराउने नियत नभएर ओली–विद्याले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच रचेको बताउनु भएको छ ।

सामाजिक सञ्जाल दुईटरमा आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले विद्या -ओलीकोको मध्यावधी चुनाव गराउने नियत नभई संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच रचेको बताउनु भएको हो ।

‘भित्री र बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र र सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक र असंवैधानिक र प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो, यो ओली–विद्या कुकर्म,’ भट्टराईले लेख्नुभएको छ ।

उहाँले यो कदमको प्रतिवाद गर्न आव्हान पनि गर्नु भएको छ । उहाँले लेख्नुभएको छ, “यो कुनै मध्यावधि चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च हो । एकजुट होऊँ प्रतिवाद गरौं ।”

ओली–विद्याले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच रचे : भट्टराई

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ