जेष्ठ ८, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटनपछि सक्रियता बढाएका छन् । मध्यरातमा संसद विघटन गरिएपछि सभामुख विभिन्न संविधानविद् र राजनीतिक नेतृत्वसँग छलफलमा सक्रिय भएका हुन् ।
आज बिहानैदेखि सभामुख राजनीतिक दलका नेतृत्वसँग र संविधान तथा कानुनका जानकारहरूसँग छलफलमा रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
राजनीतिक दलका नेता र संविधानविद्हरूसँग छलफल गरेपछि सभामुख सापकोटाले आज नै प्रतिनिधिसभा विघटनाबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline