८ जेष्ठ, काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो।
मध्यरातमा संविधान मास्ने कार्य भएको भन्दै अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । बैठक आज बस्ने बताइएपनि समय तय भएको छैन् ।
संसद फेरि भंग भएपछि अहिले विपक्षी दलहरु आक्रोशित बनेका छन् । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले शनिबार बिहान १ः ४९ बजे सूचना प्रकाशित गरेर कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तय गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline