देउवा र ओली दुवैको प्रधानमन्त्रीका लागि दाबी पुगेनः राष्ट्रपति भण्डारी, यस्तो छ मध्यरातमा जारी विज्ञप्ति

देउवा र ओली दुवैको प्रधानमन्त्रीका लागि दाबी पुगेनः राष्ट्रपति भण्डारी, यस्तो छ मध्यरातमा जारी विज्ञप्ति

  • शनिबार, जेष्ठ ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

काठमाडौँ, ८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि कसैको दाबी नपुगेको बताएकी छिन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेकोले प्रधानमन्त्री नियुक्त गर्न मिल्ने नदेखिएको राष्ट्रपति कार्यालयबाट मध्यरातमा जारी विज्ञप्तिमा भनिएको छ ।
संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएको भण्डारीले बताएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ‘मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको’ जनाउँदै सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ (५) अन्तर्गतको प्रक्रिया अघि बढाउन अनुरोध गरेका थिए ।

त्यसै अनुरोधबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि आह्वान पनि गरेकी थिइन् । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, नेकपा एमाले माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव र बाबुराम भट्टराई समूहका १२ र जनमोर्चाका १ गरी १४९ जना सांसदको समर्थन आफूलाई भएको दाबी गरेका थिए । त्यस्तै ओलीले पनि एमालेका सबै १२१ र जसपाका ३२ सांसद गरी आफूलाई १५३ सांसदको समर्थन रहेको दाबी राष्ट्रपतिसमक्ष पेस गरेका थिए ।

हेर्नुहोस् राष्ट्रपति कार्यलयबाट मध्यरातमा जारी विज्ञप्ति

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ