मध्यरातमा फेरी संसद विघटन गरे प्रधानमन्त्री ओलीले , कार्तिक २६ र मंसीर ३ गते निर्वाचन घोषणा

मध्यरातमा फेरी संसद विघटन गरे प्रधानमन्त्री ओलीले , कार्तिक २६ र मंसीर ३ गते निर्वाचन घोषणा

  • शनिबार, जेष्ठ ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 26.3K
    SHARES

काठमाडौँ जेठ ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिनभर आफ्नो पक्षमा १५३ सांसदको हस्ताक्षर रहेको भन्दै बहुमतको सरकारको दाबी गरेर अन्ततः मध्यरातमा संसद भंग गरिदिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेकी छन् ।

सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र चुनावको मिति राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले मध्यराति प्रधानमन्त्री पदका लागि ओली र शेरबहादुर देउवाले गरेको दाबी नपुग्ने निर्णय गरे पछि सरकारले संसद विघटनको बाटो खोलेको थियो । त्यसपछि राति १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर १२ बजेर ४५ मिनेटमा संविधानको धारा ७६ (७) बमोजिम प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै दुई चरणमा चुनावको मिति तय गरेका हुन् ।
जनता कोरोनाले आक्रान्त बनेका बेला सरकार निर्वाचनको घोषणा गरेर अघि बढेको छ । गत पुष ५ मा पनि संसद विघटन गरेर ओलीले चुनावको घोषणा गरेका थिए । तर फागुण ११ मा सर्वोच्चले संसद पुनस्थापना गरिदिए पछि लामो कसरत पछि पुनः संसद विघटन गरिएको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ