हाम्रै पार्टीका मान्छेले बिपक्षीसँग साँठगाँठ गरेर बादललाई हराए : ओली

हाम्रै पार्टीका मान्छेले बिपक्षीसँग साँठगाँठ गरेर बादललाई हराए : ओली

  • शुक्रबार, जेष्ठ ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

जेठ ७ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेकै केही नेताले पार्टीको आधिकारीक उम्मेद्धार राम बहादुर थापालाई विपक्षीसँग साँठगाँठ गरेर राष्ट्रिय सभाको चुनाव हराईएको भन्दै आपत्ति जनाएका छन् ।
आज पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै आफ्नै पार्टीका कार्यकर्तालाई पदको प्रलोभनमा पारेर बागी उठाएको भन्दै यो समस्याको समाधान गर्ने ओलीले बताए ।
उनले कर्णालीमा फ्लोर क्रस गराउने, संसदमा अनुपस्थित भएर आफ्नै प्रधानमन्त्री हटाउन खोज्ने जस्ता कुरा उठाउदै माधव कुमार नेपाल लगायतका नेताको नामै नलिई अपराध कर्म गरेको संज्ञा दिएका छन् ।
नयाँ नामका साथ नेकपालाई फेरी दर्ता गरौँ भनेर प्रचण्डलाई फोन गर्दा भेट्न नआएको ओलीले बताए । प्रचण्डबाट आज भोली आफूलाई फोन नआउने गरेको भन्दै आज पनि आफूले फोन गरेको बताए ।

पार्टी भित्र अन्तरघात गर्नेहरुको हिशाब किताव गरिने पनि उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ