जेठ ६ काठमाण्डौं । २१ घण्टा भित्र बहुमतको सरकार बनाउन राष्ट्रपतिले आव्हान गर्नुलाई संविधानमाथि प्रहार भएको निष्कर्ष निकालेको काँग्रेसले प्रधानमन्त्री बिरुद्ध अविस्वासको प्रस्ताव र राष्ट्रपति विरुद्ध महाअभियोगको प्रस्ताव ल्याउने विषयमा गृहकार्य शुरु गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको पदाधिकारी बैठकमा पछिल्लो दकमप्रति गंभीर छलफल गरेको काँग्रेसले उपरोक्त विकल्पमा जान माओवादी जसपा र एमाले भित्रको माधव समुहलाई समेत छलफलका लागि बोलाएको छ ।
‘प्रधानमन्त्रीले राजीनामा दिएका छैनन्। राष्ट्रपतिले थोरै समय दिएर अर्को सरकार गठन गर्ने भनेर जालसाँझी भइरहेको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आज अपरान्ह ५ बजेसम्म समय दिएकी छन् ।
राष्ट्रपति र प्रधानमन्त्री मिलेर नेपालको संविधानमाथि प्रहार गरेको काँग्रेसको ठहर छ ।
अहिले देउवा निवासमा दलका नेताहरुलाई बोलाईएको बुझिएको छ ।