शुक्रबार साँझ ५ बजे सम्म बहुमतको प्रधानमन्त्रीका लागि आधार प्रस्तुत गर्न राष्ट्रपतिद्धारा सांसहरुलाई आव्हान, नभए के हुन्छ ?

शुक्रबार साँझ ५ बजे सम्म बहुमतको प्रधानमन्त्रीका लागि आधार प्रस्तुत गर्न राष्ट्रपतिद्धारा सांसहरुलाई आव्हान, नभए के हुन्छ ?

  • बिहिबार, जेष्ठ ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौँ जेठ ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न समय दिएकी छन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले साँझ एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा दाबी गर्नका लागि प्रतिनिधिसभा सदस्यलाई जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएको जानकारी दिएका छन् ।
ुनेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ बजे सम्म प्रतिनिधि सभामा विश्‍वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ, विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत प्राप्त हुने राजनीतिक आधार नदेखेकाले मार्ग प्रसस्त गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न अनुरोध गरेको विज्ञप्तिमा जनाईएको छ ।

अब दलहरुले एक दिन भित्रै बहुमत जुटाउन संभव देखिदैन । खास गरी जसपाको महन्त ठाकुर समुह तठस्तै रहने संकेत दिईरहेकाले पनि ओली वा देउवालाई बहुमत पुर्याउन संभव देखिदैन ।
यदी त्यसो हुन नसके संसद स्वत भंंग हुन सक्ने र नयाँ निर्वाचनको घोषणा हुन सक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ