काठमाडौँ जेष्ठ ६ । नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारले खोप ल्याउन नसकेको, स्वास्थ्य सामाग्री खरिद गर्दा भ्रष्टाचारमा लिप्त भएको साथै कोरोना नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको हो ।
यिनै विषय समेटेर माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय पनि गरेको छ ।
यसबाहेक बैठकले कोभिड–१९ नियन्त्रण तथा राहत कोष बनाउने निर्णय पनि गरेको छ । यसमा नेता कार्यकर्ताहरुले रकम जम्मा गर्नेछन् ।
उनका अनुसार बैठकले कोरोना नियन्त्रणका लागि पार्टीका केन्द्र, प्रदेश र स्थानीय कमिटीलाई कोभिड–१९ नियन्त्रणमा केन्द्रित बनाउने निर्णय पनि गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline