प्रधानमन्त्री ओलीले नै गरे निर्वाचन आचार संहिताको उलंघन, आयोगको गंभीर ध्यानाकर्षण

प्रधानमन्त्री ओलीले नै गरे निर्वाचन आचार संहिताको उलंघन, आयोगको गंभीर ध्यानाकर्षण

  • बुधबार, जेष्ठ ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

जेष्ठ ५ काठमाण्डौं । राष्ट्रिय सभाको भोली जेठ ६ गते हुन लागेको उपनिर्वाचनको मौन अवधिमा प्रधानमन्त्री ओलीले नै वक्तव्य जारी गरेर मत माग्दै निर्वाचन आचार संहिताको उलंघन गरेका छन् ।
मौन अवधिमा प्रचार प्रसार गर्न नपाईने आचार संहिता रहेपनि प्रधानमन्त्रीले आज बादलको पक्षमा बक्तव्य जारी गरेका थिए ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ,आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरूले आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरूले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरू प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरूको अन्तरवार्ता लिने जस्ता गतिविधिहरू गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीररूपमा ध्यानाकर्षण भएको छ ।
जसका लागि मंगलबार राति १२ बजेदेखि मौन अधवि सुरु भएको छ । मौन अवधिमा प्रधानमन्त्री ओलीले नै विज्ञप्ति निकालेर त्यसको उल्लंघन गरेका थिए ।
यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, एस।एम।एस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा यस्ता आचरणहरु पालना गर्न गराउन सम्वद्ध सबैसँग आयोगले हार्दिक अनुरोध गर्दै आएको छ,ु आयोगको विज्ञप्तिमा भनिएको छ ।
एमाले भित्र माधव समुहले बादललाई मत नदिने संकेत गरे पछि प्रधानमन्त्री आफै मत माग्न अग्रसर भएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ