प्रधानमन्त्रीको शपथ बिरुद्ध परेको रिटमा आज सुनुवाई, प्रधानन्यायधीशको ईजलाशले हेर्ने

प्रधानमन्त्रीको शपथ बिरुद्ध परेको रिटमा आज सुनुवाई, प्रधानन्यायधीशको ईजलाशले हेर्ने

  • मङ्लबार, जेष्ठ ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

जेष्ठ ४ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गरी पुनः सपथ गराउन माग गर्दै परेका रिटहरुमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा हुने भएको छ ।
राणाले यो मुद्दाको पेशी आफ्नै इजलासमा तोकेका हुन् । बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसहितले दायर गरेको रिट निवेदन माथि आज सुनुवाई हुन लागेको हो ।

प्रधानमन्त्रीले गत वैशाख ३१ गते सपथग्रहण गर्ने क्रममा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द छुटाएको र त्यो पर्दैन भनेको विषय संविधानको वर्खिलाप रहेको भन्दै सपथ बदर गर्न विभिन्न सातवटा रिट परेका छन् ।

त्यस्तै सांसद सदस्य नरहेका ६ जना पूर्व माओवादी मन्त्रीहरुलाई दोस्रो पटक नियुक्ति दिइनु पनि संविधान विपरित रहेको दावीसहित परेका रिटमाथि पनि राणाकै इजलासमा सुनुवाई हुँदैछ ।
सो रिट अधिवक्ता सन्तोष भण्डारीले दायर गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ