मदन–आश्रित स्मृतिः विज्ञप्तिमा प्रधानमन्त्रीले उठाएनन् छानविनको कुरा, माधव नेपालद्धारा दासढुंगाको यथार्थ पत्ता लगाउन माग

मदन–आश्रित स्मृतिः विज्ञप्तिमा प्रधानमन्त्रीले उठाएनन् छानविनको कुरा, माधव नेपालद्धारा दासढुंगाको यथार्थ पत्ता लगाउन माग

  • सोमवार, जेष्ठ ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

जेष्ठ ३ काठमाण्डौं । आज तात्कालीन एमाले महासचिव मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय दुर्घटनामा निधन भएको २८ वर्ष पुगेको छ । आजकै दिन चितवनको दासढुंगामा गाडी दुर्घटनामा दुबै नेताको निधन भएको थियो । उक्त गाडी दुर्घटनामा बाँचेका चालक अमर लामाको समेत हत्या भए पछि यो घटना अझ सहस्यमय बनेको छ ।
यो घटनालाई धेरैले रहस्यमय हत्याकाण्डको रुपमा लिँदै कार्बाहीको माग गरे पनि यति लामो अवधिमा पनि कुनै पनि सरकारले ठोस निष्कर्ष दिन सकेको छैन ।
स्वयं एमाले पटक पटक सत्तामा पुगे पनि यो घटनाका बारेमा मौन बस्दै आएको छ ।
यसैबीच प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनसँग जोडन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुने बताएका छन् ।
जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८ औँ स्मृति दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को निरन्तरता रक्षा, कार्यान्वयन र विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । तर उनको वक्तव्यमा यो रहस्यमय घटनाको बारेमा छानविन र कार्बाहीको कुनै बिषय उल्लेख छैन ।
उनले राष्ट्रियताको सम्वद्र्धन र राष्ट्रिय हिताको रक्षाका लागि अविचलितरुपमा क्रियाशील हुने प्रण गर्दै पार्टीलाई एकताबद्ध, जनआधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने पनि जनाएका छन् ।
कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै आर्थिक–सामाजिक रुपान्तरण तथा समाजवादको मुख्य संवाहक बनाउने आफूहरुको इमान्दार प्रयास भए पनि कतिपय नेताका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण नेकपा (माओवादी केन्द्र) सँगको एकीकरणको अभियान निष्कर्षमा पुग्ने नसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले उक्त एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित गरी आन्दालनलनई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहने संकल्प गरेका छन् ।
यता एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले पनि आज एक अलग्गै विज्ञप्ति जारी गरी दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माग गरेका छन् ।
‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन,’ नेपालले उल्लेख गरेका छन् ।
विज्ञप्तिमा छ, ‘घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ