नेपालीको इम्युन सिस्टम स्ट्रोङ छ, कोरोना सर्ला तर यस तहमा वृद्धि हुन सक्दैन भन्ने लाग्या थियोः प्रधानमन्त्री ओली

नेपालीको इम्युन सिस्टम स्ट्रोङ छ, कोरोना सर्ला तर यस तहमा वृद्धि हुन सक्दैन भन्ने लाग्या थियोः प्रधानमन्त्री ओली

  • आइतवार, जेष्ठ २, २०७८
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

जेष्ठ २, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको इम्युन सिस्टम स्ट्रोङ भएकाले अहिलेको जसरी कोरोना भाइरसको संक्रमण फैलिएला भन्ने आफूलाई नलागेको बताएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आजको बैठकलाई सम्बोधन गर्दैं ओलीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता धेरै बलियो रहेकाले यो संक्रमण फैलिँदैन भन्ने आफूलाई लागेको बताएका हुन् ।

नेपालमा कोभिड बढेपनि इम्युन सिस्टम (रोग प्रतिरोधात्मक प्रणाली) धेरै स्ट्रोङ रहेकाले अलिअलि सर्ला तर यस तहमा चाहिँ वृद्धि हुन सक्दैन भन्ने लागेको ओलीको भनाई थियो ।

कोरोनाको दोस्रो लहर चलिरहेको नेपालमा दैनिक करिब ९ हजार व्यक्तिमा संक्रमण देखा परिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले कोरोनाले नेपालमा यस तहको प्रभाव पार्ने आफूले नठानेको बताएका हुन् ।

कोरोना संक्रमणबाट मुक्त हुनुमा रोग प्रतिरोधात्मक प्रणाली बलियो हुनु नै रहेको ओलीले दोहोर्‍याएका छन् ।

कोरोना संक्रमण नियन्त्रणमा विभिन्न सरकारी निकायबीच समन्वयको अभाव देखिएको स्वीकार गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा त्यसमा सुधार गरिने बताए ।

पछिल्लो समय कोरोना संक्रमितलाई अक्सिजन पुर्‍याउन समस्या रहेको ओलीले बताए । अक्सिजन पर्याप्त मात्रामा उत्पादन या आयात गर्नुपर्ने र सबै प्लान्टलाई म्याक्सिमम क्षमतामा सुचारु गर्नुपर्छ,ु ओलीले भने ।

नेपालमा रहेका अक्सिजन प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने र बाँकी आयात गर्नुपर्ने ओलीको भनाइ थियो ।

सीसीएमसीको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्दै आएकोमा आइतबार भने प्रधानमन्त्रीले त्यसको अध्यक्षता गरेका हुन् । सीसीएमसीको बैठकले कोरोना संक्रमितको उपचार तथा कोरोना संक्रमण रोकथामका लागि अत्यावश्यक सामग्रीको आपूर्तिमा तदारुकताका साथ लाग्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ