जेष्ठ २, काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले अक्सिजन लगायतका अत्यावश्यकीय सामग्रीहरुको तत्काल आपूर्तिका लागि ढिलासुस्ति नगर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित आज सिंहदरबारमा बसेको बैठकले अत्यावश्यक सामग्री आपूर्तिका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
अक्सिजन प्लान्ट, कन्सनट्रेटर, सिलिन्डर र कोरोनाविरुद्धको खोपको तत्काल आपूर्तिको लागि सम्बन्धित निकायलाई अझै तदारुकताका साथ लाग्न निर्देशन दिइएको उहाँको भनाई छ । त्यसका लागि जहाँ जहाँ कानुनी कठिनाइहरु लाई हटाउँदै अगाडि बढ्ने निर्णय भएको ज्ञवालीले बताउनु भयो ।
बैठकले कोरोना महामारी विरुद्धका लागि थप कानुनी संरचना बनाउन कानुन मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।
कोरोना महामारी विरुद्ध थप केही कानुनी संरचनाहरु आवश्यक भएको महसुस भएको ज्ञवालीले बताउनु भयो ।