एमाले विवाद हल गर्न ओली–नेपाल सहमत, १० सदस्यीय कार्यदल गठन

एमाले विवाद हल गर्न ओली–नेपाल सहमत, १० सदस्यीय कार्यदल गठन

  • आइतवार, जेष्ठ २, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

जेष्ठ २, काठमाडौँ । नेकपा एमालेको विवाद हल गर्न कार्यदल बनाउने प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमती जुटेको छ ।
आइतबार सिंहदरबारमा भएको वार्तामा १० सदस्यीय कार्यदल गठन गर्ने सहमति जुटेको हो ।

कार्यदलमा ओलीको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाललाई राखिएको छ ।

नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् । कार्यदलले तीन दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने र आवश्यकतानुसार थप्न  वरिष्ठ नेता नेपालले बताए ।

वार्तापछि अध्यक्ष ओलीले एमाले विवाद हल हुने प्रतिक्रिया दिएका छन् ।पार्टीलाई सर्वाेच्च अदालतको गत फागुन २३ को फैसला बमोजिम नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्व (२०७५ जेठ ३) को अवस्थामा पार्टीका सङ्गठन र संरचनालाई सञ्चालन गर्नुपर्ने आवाज नेता नेपाल पक्षले उठाउँदै आएको छ । सो विषयमा शीर्ष नेता र दोस्रो तहका नेताबीच पछिल्ला दिनमा छलफल हुन थालेपछि पार्टीमा विभाजन हुन सक्ने आशङ्का अन्त्य भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ