नारायणी अस्पतालको चरम लापरवाहीले मृत्युदर बढ्दो !

नारायणी अस्पतालको चरम लापरवाहीले मृत्युदर बढ्दो !

  • शनिबार, जेष्ठ १, २०७८
  • दिपक चौरसिया

  • 16.9K
    SHARES

पर्सा १ जेठ ।  पर्साको वीरगंज स्थित नारायणी अस्पतालमा चरम लापरवाही भईरहेको उपचार्थ भर्ना भएका विरामी तथा केही स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् ।
अस्पताल प्रशासनको लापरवाही तथा व्यवस्थापन पक्षको गैरजिम्मेवारीपनका कारण कोभिड–१९ का बिरामीहरुको मृत्युदर बढेको आरोप चौतर्फीरुपमा हुन थालेको छ ।
गत वर्ष कोभिडका बिरामीहरु भर्ना हुंदा त्यसमा कुरुवा तथा अन्य व्यक्तिहरुलाई जान दिईएको थिएन तर हाल कोभिडका बिरामीहरुको हेरबिचार कुरुवाहरुले नै गर्दैछन्, त्यसकारण संक्रमणको जोखिम बढने सम्भावना रहेको चिकित्सकहरुले बताएका छन् ।
अस्पतालको क्षमता भन्दा बढी संक्रमितहरु भर्ना हुन थालेपछि जनशक्तिको अभावसँगै विविध कारण उपचारमा समस्या भएछि संक्रमितहरु अस्पतालमा छट्पटाइरहेका छन् ।
नारायणी अस्पतालसँग चाहिनेजति पूर्वाधारसँगै जनशक्ति नभएको कारण उपचारका लागि भर्ना भएका संक्रमितहरुको हेरचाह, स्यहारसुसार एवं समयमा औषधि, इन्जेक्सन नचलाएपछि उपचारमा समस्या उत्पन्न भएको हो ।
अस्पतालको अवस्था अहिले यति धेरै गम्भीर बनेको छ कि संक्रमितका कुरुवा एवं सामान्य अवस्थाका संक्रमितहरु आफै विरामीहरुलाई अक्सिजन लगाउने, औषधि दिने एवं रेखदेख गर्ने जस्ता जोखिम कार्यहरु गर्दै आएका छन् ।
कुरुवाहरु आफ्ना संक्रमितहरुलाई आफै अक्सिजन लगाउने, औषधि दिनेलगायतका स्यहारसुसार गर्दै आएका छन्, भने कतिपय कुरुवाहरु आफ्ना संक्रमितको उपचारमा लापरवाही भयो, भनेर अस्पताल हाता बाहिर सहयोगी हातहरुसँग हारगुहार गरिरहेका छन् ।
पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नं. ४ अमरपटिका बलराम चौरसियाले गत बैशाख १९ गते आमालाई ज्वरो आएपछि वीरगंजको तराई हस्पिटलमा उपचारको लागि लगे । तर “तराई हस्पिटलमा आईसियुमा बेड खाली छैन, बिरामीलाई भवानी हस्पिटलमा लैजान भने” भन्दै चौरसियाले “भवानी हस्पिटलमा लैजादा आईसियु खाली छैन, बेडको अभाव रहेको छ” भनेपछि नेशनल मेडिल कलेजमा लैजान सुझाव दिए ।
मेडिकल कलेजमा जाँदा त्यहाँ एक्सरे गरेर हेर्दा फोक्सोमा ईन्फेक्सन भएकोले बाबा होटलमा सञ्चालित कोभिड अस्पतालमा भर्ना गर्न भने । तर त्यहाँ पनि बेड खाली नभएकोले केबिनमा राख्न सुझाव दिए । केबिनमा एक दिनमा बेड चार्ज १५ हजार रहेको र पिसिआर परिक्षण गराउन नारायणी अस्पतालमै लैजानु पर्छ भनेपछि मैले नारायणी अस्पताल लगे चौरसियाले भने ।
नारायणी अस्पतालमा पुगी एन्टिजीन परिक्षण गर्दा नेगेटिभ आएको र चिकित्सकहरुले घरमै लैजान भन्दै भोली पिसिआर गराउन आउनु भनि सुझाव सहित केही औषधी खान भने । भोलीपल्ट नारायणी अस्पतालमा पुगी पिसिआर गराउदा पोजेटिभ आएपछि नारायणी मै भर्ना गराई उपचार सुरु भयो ।No description available.
अस्पतालमा कोभिडका बिरामीसँगै कुरुवा बस्नुपर्ने सुनेर अचम्मित भए चौरसिया । अस्पतालमा बिना कुनै सुरक्षा सामग्री प्रयोग गरी कुरुवाहरुले नै बिरामीको लागि खाना, स्याहारसुसार, अक्सिजन सिलिन्डर लैजानु पर्ने अवस्था रहेको छ । त्यसै क्रममा बलिराम चौरसिया पनि संक्रमित हुन पुगे । उनले अस्पताल प्रशासन र व्यवस्थापन संग बारम्बार सुरक्षा सामग्री उपलब्ध गराउन माग गरे पनि कुनै सुनुवाई नहुने गरेकै कारण आफु संक्रमित हुन पुगेको चौरसियाले दुःखेसो पोखे ।

यस सन्दर्भमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट संजय ठाकुरले कुरुवाहरुलाई आफुहरुले पिपिईसेट, मास्क, ग्लोबस लगायतका सामग्रीहरु दिदा पनि लगाउन नमानेको भन्दै बेतुक र अपत्यारिलो कुरा गरे ।
जनशक्तिको अभावमा संक्रमितहरुलाई कुरुवाहरुले रेखदेख गर्नेदेखि अक्सिजन चढाउने, हटाउने कार्यहरु गर्दै आएको स्वीकारे । उनले नारायणी अस्पतालमा क्षमता भन्दा बढी संक्रमितहरु भर्ना भएका कारण उपचारमा समस्या उत्पन्न भएको भन्दै ९ जना स्टाफ नर्स खटाउनुपर्ने ठाउँमा ३ वटा मात्रै खटाएर काम भइरहेको बताए । वर्तमान अवस्थामा नारायणी अस्पतालमा ७५ वेड आईसीयू, ५० वेडको एच.डी.यू. गरेर १२५ वेडको कोरोना अस्पताल सञ्चालन गरिएको छ ।No description available.
तर, पहिलादेखिका स्टाफ नर्सहरुमध्ये १५ जनालाई कोरोना संक्रमणको लक्षण देखा परेको कारण उनीहरुलाई ड्यूटीमा खटाइएको छैन ।
‘जनशक्ति अभावका बीच संक्रमितहरुको उपचार भइरहेको छ । भिजिटरहरुलाई रोक्न पनि समस्या छ । उनीहरु आफै अक्सिजन बन्द गर्ने, चढाउने एवं स्यहार सुसार गर्ने कार्यहरु गरिरहेका छन् । उनीरुमा संक्रमण फैलिन नदिनका लागि उच्च सुरक्षा सर्तकता अपनाएका छौं’ डा. ठाकुरले भने ।No description available.
अस्पतालको यस्तो अवस्था हुंदा न स्थानिय प्रशासन, न राजनीतिक दल, न कुनै सरोकारवाला पक्षले ध्यान दिएको छ, त्यसैले नारायणी अस्पतालमा मृत्युदर बढेको बिरामीका कुरुवाहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी