जेष्ठ १ काठमाण्डौं । नेपालमा दिनहुँ संक्रमित घट्ने क्रम बढको छ । आज पनि हिजोको तुलनामा केही कम ८१६७ संक्रमित फेला परेका छन् । यो सँगै कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ । आज १८ हजार बढीको पिसिआर परीक्षण गरिएको थियो ।
त्यसै गरी आज कोरोनाका कारण १८७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या पनि हिजोको भन्दा कमी हो । हाल सम्म मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ ।
यसै गरी आज ५ हजार ४५५ कोरोना जीतेर घर फर्किएका छन् । यो सँगै कोरोना मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ ।
अब आईसोलेसनमा १ लाख ९ हजार ७४० जना रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline