बैशाख ३१ काठमाडौँ । एमालेका दुईपक्षबीच भएको वार्ताले कार्यदल सदस्यको नाम टुंगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाललाई दिएको छ । सिंहदरबारमा आज भएको दुबै समुहका नेताहरुबीचको वार्तामा यस्तो सहमति बनेको हो ।
वार्तापछि नेता भीम रावलले २०७५ को जेठ २ भन्दा अगाडिको कुरालाई आधार मानेर अन्य छलफल अगाडि बढाउने कुरा भएको जानकारी दिए ।
वार्तामा ओली पक्षबाट ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, विष्णु रिमाल थिए । नेपालपक्षबाट नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त वार्तामा बसेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline